चितवनको भरतपुर माडी सडकखण्ड अबरुद्ध
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६ | ९:४९:११
चितवन ,२७ असार
चितवनको भरतपुर माडी सडकखण्ड अबरुद्ध भएको छ । अविरल बर्षासंगै खोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो । माडी नगरपाालिका वडा नम्बर ३ र ४ को सिमानमा रहेको मगई खोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो ।
त्यस्तै माडीकै बगइ खोलामा आएको बाढीले माडी ठोरी सडकखण्ड समेत अबरुद्ध भएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । माडीका अधिकाम्स खोलाहरुमा पुल नभएको र खोलामा बाढी आउन साथ सडक अबरुद्ध हुने गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २७, २०७६ |
९:४९:११
8163


















