चितवनमा बस र टिप्पर ठोक्किदा १२ जना घाइते
प्रकाशित मिति: शनिबार, आषाढ २८, २०७६ | १४:५६:५२
चितवन , २८ असार
चितवनको चुम्लिङटार नजिक यात्रुबाहक बस र टिप्पर ठक्कर खाएको छ । काठमाडौबाट दाङतर्फ आउदै गरेको ना ७ ख ६५४४ नम्बरको बस र मुग्लिङबाट काठमाडौ जाँदै गरेको बा ४ ख ३०३४ नम्बरको टिप्पर इच्छाकामना गाउपालिका ३ चुम्लिङटार नजिक एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परि बसमा सवारी १२ जना यात्रु घाइते भएका छन् । उनिहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तस्बिर : हेमन्त सापकोटा
प्रकाशित मिति : शनिबार, आषाढ २८, २०७६ |
१४:५६:५२
9615



















