हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम
प्रकाशित मिति: शुक्रबार, भाद्र २७, २०७६ | २२:५१:४०
चितवन , २७ भदौ
पूर्वीचितवनको खैरहनीमा भएको हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम भएको छ । ग्लो साईन ऐकेडेमी सेकेन्डरी स्कुलले आयोजना गरेको पहिलो खैरहनी नगरस्तरीय आधारभूत तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०७६ मा ईन्टरनेशनल मोडल स्कुल प्रथम भएको हो ।
त्यस्तै खैरहनी माध्यमिक विद्यालय द्धितिय र नेपाल आदर्श स्कुल तृतीय हुन सफल भएको छ । प्रतियोगिताका विजयी स्कुल तथा विद्यार्थीहरूलाई आईतबार बाल दिवसको अवसर पारेर नगरपालिका कै परिसरमा शिल्ड, मेडल तथा प्रमाणपत्रको वितरण गरिने खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा खैरहनी नगरपालिकाका २० वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २७, २०७६ |
२२:५१:४०
9527





















