हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
प्रकाशित मिति: आइतबार, आश्विन १२, २०७६ | ९:२२:५६
चितवन , १२ असोज
चितवनमा जंगलीहात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । माडी नगरपालिका वडा नम्बर १ मा शनिबार राति जंगली हात्तीले आक्रमण गर्दा स्थानिय महिलाको मृत्यु भएको हो । माडी नगरपलिका वडा नम्बर १ निवासी ६२ बर्षकी कौसिमाया तामाङलाई बाटोमा हिडिरहेको बेला हात्तीले आक्रमण गरेको प्रहरी जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन १२, २०७६ |
९:२२:५६
6359




















