पदमपुरबाट ६ जना जुवाडे पक्राउ
प्रकाशित मिति: शनिबार, कार्तिक ०२, २०७६ | १०:२३:५०
चितवन ,२ कार्तिक।
चितवनको पदमपुरबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ४ स्थित दुख राम चौधरिको घरमा तास खेलिरहेको अवस्थामा प्रहरी ६ जनालाई शुक्रबार बेलुका पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ७ बुक तास र नगद रु ५६ हजार ७ सय ५० रुपैँया बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घरधनी ३५ बर्षिय दुखराम चौधरी , सोहि स्थानका बर्ष ४० को महेन्द्र श्रेष्ठ , बर्ष २४ को बिमल महतो , बर्ष ३५ को सन्त ब. महतो , बर्ष ३१ को बिरेन्द्र चौधरी र बर्ष ३८ को हरेराम तामाङ्लाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : शनिबार, कार्तिक ०२, २०७६ |
१०:२३:५०
4269
























