बिरामीको मृत्युको बिषयलाई लिएर सिएमसीमा तोडफोड , ४० सेल अश्रुग्याँस प्रहार (भिडियो सहित )
प्रकाशित मिति: आइतबार, कार्तिक ०३, २०७६ | २०:०५:००
चितवन , ३ कार्तिक।
चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा तोडफोड भएको छ । नाकको अप्रेशनको लागि अस्पताल आएकी महिलाको उचारको क्रममा मृत्यु भएको बिषयलाई लिएर उनका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नम्बर ९ निवासी ३२ बर्षिय आशा ज्ञवालीको गत २७ गते नाकको अप्रेशन पश्चात् स्वास्थ्य स्थिति बिग्रेको थियो । उनको शनिबार अपरान्ह्र मृत्यु भएको थियो । अस्पताल र चिकित्सकको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै उनका आफन्तहरु आक्रोशित भएका थिए । आक्रोशित आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले ४० सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । झडपमा परी प्रहरी निरिक्षक दयाकृष्ण भट्ट सहित ७ जना प्रहरी घाइते भएका छन् भने एक दर्जन प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०३, २०७६ |
२०:०५:००
9329






















