कास्कीमा प्रचण्ड उपस्थित चुनावी सभास्थल नजिक विस्फोट
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६ | १४:०४:२१
कास्की , ११ मंसिर
कास्कीका नेकपाको चुनावी सभास्थलनजिकै विस्फोट भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी चुनावी सभास्थल नजिक विस्फोट भएको हो। विस्फोटबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार विद्या भट्टराईलाई जिताउन अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्बाङ, संगठन विभाग प्रमुख वामदेव गौतम लगायतका नेताहरु कार्यक्रम स्थलमा रहेका थिए ।घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६ |
१४:०४:२१
5039

























