नेकपाको उपाध्यक्षमा बामदेव गौतम चयन
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ | १७:२२:५७
काठमान्डौ,१९ माघ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम पार्टीको उपाध्यक्ष बन्नुभएको छ ।
केन्द्रीय कमिटी बैठकबाट धान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएपछि उहाँ उपाध्यक्ष बन्नुभएको हो । यसअघि केन्द्रीय सचिवालय बैठकले उहाँलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरिसकेको थियो । विधानमा संशोधन गरेर केन्द्रीय कमिटी बैठकले पास गरेपछि उहाँ वैधानिक रुपमै उपाध्यक्ष बन्नुभएको हो ।
केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, माघ १९, २०७६ |
१७:२२:५७
7261























