मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६ | १५:२३:२६
काठमाडौँ, २३ माघ
राष्ट्रियसभा बैठकले मिडिया काउन्सिल विधेयकको छलफलका क्रममा पत्रकारले ‘लाइसेन्स परीक्षा’ दिनुपर्ने भनेर सभाको विधायन व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनको बुँदा हटाइएको छ ।
बिहीवारको राष्ट्रियसभा बैठकमा सांसद खिमलाल भट्टराईले राखेको संशोधन प्रस्तावपछि लाइसेन्ससम्बन्धी बुँदा हटाइएको छ ।
संशोधन प्रस्तावमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समेत समर्थन जनाएका थिए ।
पत्रकारको लाइसेन्स परीक्षाको व्यवस्था हटाउँदै राष्ट्रियसभा बैठकबाट मिडिया काउन्सिल विधेयक २०७५ सर्वसम्मतिले पारित भएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६ |
१५:२३:२६
6821

















