रामबहादुर बमजनलाई पक्राउ गर्न आश्रममा पुग्यो प्रहरी, बमजन फरार
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६ | १२:१३:४०
काठमाडौँ,२४ माघ।
तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । तर बमजन आश्रममा फेला नपरेको प्रहरी श्रोतले बताएको छ ।
‘हाम्रो टोली बमजनलाई पक्राउ गर्न परिचालन भएको छ, तर उनी भेटिएका छैनन्’, प्रहरी श्रोतले भन्यो । बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको छ । तर उनलाई प्रहरीले भेटेको छैन ।
बमजनमाथि हत्या, बलात्कार र आनीहरुलाई बेपत्ता पारेको आरोप छ । सिन्धुली जिल्ला अदालतबाट बिहीबार बमजन पक्राउको अनुमति प्रहरीले पाएको थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६ |
१२:१३:४०
5303


















