प्रतिनिधिसभामा मन्त्रीहरुलाई आज सांसदले प्रश्न सोध्ने
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०६, २०७६ | ११:०४:०६
काठमाडौं,६ पागुन।
प्रतिनिधि सभाको आज (मंगलबार) बस्ने बैठकमा सांसदहरुले मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजेबाट बस्ने बैठकको सम्भावित कार्ययोजना अनुसार सांसदहरुले सम्बन्धित मन्त्रालयका प्रगति र योजना कार्यान्वयनका बारेमा मन्त्रीहरुलाई प्रश्न गर्ने छन् ।
विकास खर्च उल्लेख्य मात्रामा हुन नसकेको, जनताको अपेक्षाअनुसार मन्त्रालयहरुले काम गर्न नसकेको भन्दै जनगुनासो बढेकोले यसबारे सांसदहरुले मन्त्रीलाई प्रश्न गर्दैछन् । संसदमा सबै मन्त्री उपस्थित हुन नसक्ने देखिएकाले सम्भावित कार्यसूची हट्नसक्ने सम्भावना पनि रहेको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०६, २०७६ |
११:०४:०६
5171




















