बालुवाटारमा ओलीले मनाए ६९ औं जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री (तस्वीरहरू)
प्रकाशित मिति: आइतबार, फाल्गुण ११, २०७६ | ११:४०:१८
काठमाडौं,११ फागुन।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाफको फूलको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए।
प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपाका नेता सुवासचन्द्र नेम्वाङ, परिवारका सदस्य तथा शुभेच्छुकहरूहरूले प्रधानमन्त्रीसँग जन्मदिनको खुसी साटेका छन्।
प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउन केहीबेरमा जन्मथलो तेह्रथुम जाँदै छन्।
११ फागुन २००८ मा तेह्रथुमको साविक इवा गाविस सल्ले ९हाल आठराई गाउँपालिका-४० मा उनको जन्म भएको थियो।



प्रकाशित मिति : आइतबार, फाल्गुण ११, २०७६ |
११:४०:१८
7415






















