अडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बाँस्कोटाद्वारा गाली बेइज्जती मुद्दा दायर
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १६, २०७६ | १५:५५:१७
काठमाडौं,१६ फागुन ।
निवर्तमान सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।
मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए ।
‘मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइजतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’ बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १६, २०७६ |
१५:५५:१७
5985



















