ज्यामिरेबाट लागुऔषध सहित दुईजना पक्राउ
प्रकाशित मिति: शनिबार, फाल्गुण १७, २०७६ | १२:३१:३०
मकवानपुर , १७ फागुन।
मकवानपुरको ज्यामिरेबाट प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति मनहरी गाउँपालिका वडा नं.९ तिरतिरे धारा ज्यामिरेमा चेकजाँच गर्ने क्रममा ना १४ प ६२२३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाबाट ७३ बोत्तल वनरेक्स बरामद गरेको हो ।
लागुऔषध सहित प्रहरीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं.७ रमनटार बस्ने बर्ष २६ को बिकाश भन्ने कुमार मुक्तान र सोहि स्थान बस्ने बर्ष २८ को रोशन भन्ने श्याम बहादुर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बोकेको दुई वटा झोलामा लागुऔषध फेला परेको जिल्ला प्रहरस् कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक टिकबहादुर कार्कीले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुण १७, २०७६ |
१२:३१:३०
4951


















