‘नेपाललाई एक महिना रक्सीमुक्त बनाऔँ, मासु खान छोडौ’ : छाया कृषिमन्त्री
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २३, २०७६ | १५:५०:४५
काठमाडौँ,२३ फागुन ।
काँग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिवन्ध लगाउन माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।
‘एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गरोस्, त्यतिमात्रै होइन सरकारले एक महिनाका लागि रक्सीमुक्त देश बनाओस् । सरकारलाई यही आग्रह गर्न चाहन्छु,’ चौधरीको माग थियो ।
चौधरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गठन गरेको छाया सरकारका कृषिमन्त्री समेत हुन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २३, २०७६ |
१५:५०:४५
8317



















