नेपालमा कोरोना बिरामी छन्, किन लुकाइएको छ ? – सांसद यादवको प्रश्न
प्रकाशित मिति: बिहिबार, फाल्गुण २९, २०७६ | १२:०३:२७
काठमाडौं,२९ फागुन।
बिहिबार प्रतिनिधि सभामा बोल्दै सांसद प्रदीप यादवले नेपालमा विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको आरोप लगाएका छन् ।
उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत लगाए । ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ ?’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंका समेत गरेका छन् ।
‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनु पर्दैन ?’
प्रकाशित मिति : बिहिबार, फाल्गुण २९, २०७६ |
१२:०३:२७
6425



















