८ हजार एम्पुल र ५ सय ट्याबलेट लागूऔषधसहित १२ जना पक्राउ
प्रकाशित मिति: मंगलबार, चैत्र ०४, २०७६ | १७:३१:२१
काठमाडौँ,४ चैत्र ।
प्रहरीको लागु औषध नियन्त्रण ब्युरो-एनसिबीले ८ हजार ११ एम्पुल र ५ सय ६० ट्याबलेट फर्मास्युटिकल ड्रग्ससहित १२ जनालाई पक्राउ गरेको छ। उनिहरुलाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।
बरामद लागु औषधमध्ये बुप्रेनोर्फिन २७५६ एम्पुल, डाईजेपाम २५३५ एम्पुल, फेनारगन २७२० एम्पुल गरी कुल ८०११ एम्पुल र नाईट्राभेट ५४० ट्याव्लेट रहेको छ।
फागुन २० गते बुप्रेनोर्फिन ३९६ एम्पुल, डाईजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित पक्राउ परेका चार जनाको बयानका आधारमा बाँकी ८ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०४, २०७६ |
१७:३१:२१
4951


















