विप्लव समूह रौतहटका इञ्चार्जसहित दुईजना समातिए
प्रकाशित मिति: शनिबार, चैत्र ०८, २०७६ | १६:२१:०८
रौतहट,८ चैत्र।
नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इञ्चार्ज सङ्केत भनिने कुमार राई र सदस्य जगत गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो।
पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । राई र गुरुङमाथि आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सुराकीले दिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जङ्गलबाट शनिबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, चैत्र ०८, २०७६ |
१६:२१:०८
5083


















