कालिकाबाट ६७ क्यूफिट अबैध काठ बरामद

कालिकाबाट ६७ क्यूफिट अबैध काठ बरामद

चितवन , २२ चैत। 
चितवनको कालिका नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले अबैध काठ बरामद गरेको छ । कालिका ६ पाख्रीन टोलबाट आज दिउँसो प्रहरीले अन्दाजी ६७ दशमलब १५ क्यूफिट सालको काठ बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाख्रीन टोल निवासी सन्तविर पाख्रीनको घरपछाडीको गोठबाट अवैध सालको चिरान तथा गोलिया काठ बरामद गरेको छ । काठसहित प्रहरीले पाख्रीनलाई पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागि  काठसहित जिल्ला वन कार्यालय पठाइने प्रहरीले जनाएको छ ।