मुसहरलाई सपनाको राहत
चैत २३ गते । रत्ननगर ७ मा रहेका सिमान्तकृत मुसहर समुदायलाई सपना भिलेज सोसियल इम्प्याक्टले राहत वितरण गरेको छ । वडा कार्यालयको आग्रहमा सौराहामा रहेको सोसियल इम्प्याक्टले त्यहाँ रहेका २५ घरधुरी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । वडाअधयक्ष लालवहादुर भट्ट र वछौली चौकीका प्रतिनिधीको उपस्थितीमा चामल,मस्यौरा,नुन,तेल र सावुन वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्व गिरीले जानकारी दिए । १ जनाको परिवारलाई ५ किलो चामल,नुन,तेल,मस्यौरा,सावुन, ३ देखी ४ जना सम्मको परिवारलाई २० किलो ,नुन,तेल,मस्यौरा र सावुन,५ देखी ७ जना सम्मको परिवारलाई २५ किलो चामल,नुन,तेल,मस्यौरा र सावुन तथा ७ जना भन्दा माथीका परिवारलाई ३० किलो चामल,नुन,तेल,मस्यौरा र सावुन वितरण गरिएको अध्यक्ष गिरीले वताए । सपना भिलेज सोसियल इम्प्याक्टले दुई दिन अघि इच्छाकामना गाउँपालिका वडा नम्वर १ र २ का ६३३ घरपरिवारलाई ४,४ थानका दरले सावुन वितरण समेत गरेको थियो ।



















