खैरहनीमा एक वृद्धा मृत अवस्थामा फेला , हत्या भएको आशंका
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७ | २१:०१:३५
चितवन , १६ जेठ
चितवनको खैरहनीमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गारा स्थित आफ्नै घरमा अन्दाजी ७३ बर्षिय बममाया माझीको शव फेला परेको हो ।
बोल्न नसक्ने उनको हत्या भएको स्थानियको आशंका रहेको छ । मृतकको भाई बुहारी , भाई बुहारीको छोरी ज्वाई र उनीहरुको छोरा छोरी र भाई बुहारीको अर्की एक छोरी गरि साँत जनाको परिवार रहेका थिए । घरमा कोहि पनि नभएको बेला घटना भएको स्थानियले बताएका छन् । मृतकको भाई बुहारीको छोरी घरजाँदा बृद्धालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर भएको थियो ।
मृतकको घाटीमा डोरी बेरेको जस्तो देखिएको छ । घटना शंकास्पद देखिएकाले थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि भरतपुर पठाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०७७ |
२१:०१:३५
4995



















