श्रीमतिको हत्या गर्ने श्रीमान पुर्पक्षको लागि कारागार चलान (भिडियो रिपोर्ट)
चितवन , २२ जेठ।
चितवनको सिमलटाँडीमा आफ्नै श्रीमतिको हत्या गर्ने श्रीमानलाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न कारागार पठाएको छ । आफ्नै कान्छी श्रीमति मन्जु अधिकारीको हत्या गरेको भन्दै चितवन जिल्ला अदालतले बुधबार मृतकको श्रीमान कृष्णप्रसाद अधिकारीलाई हालको लागि कारागार पठाउने आदेश दिएको अदालतका तहशिलदार हरि ज्ञवालीले जानकारी दिए ।
उनीसँगै उनको जेठी श्रीमति शर्मिला अधिकारीलाई समेत अदालतले पुर्पक्षको लागि कारागार पठाएको छ । श्रीमानले कान्छी श्रीमतिको हत्या गर्दा समेत उनलाई बचाउन कुनै कोसिस नगरेको र दुवैजनाको योजनामा मन्जुको हत्या गरेको जाहेरी परेपछि प्रहरीले श्रीमान र जेठी श्रीमति दुवैजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । कृष्ण अधिकारीले रिसको झोकमा कान्छी श्रीमतिको हत्या गरेको स्विकार गरेका छन् । जेठी श्रीमतिले भने आफूले बचाउन प्रयास गरेको दावी गर्दै आएकी छिन् तर प्रत्येक्षदर्शीले भने उनले कुनै प्रयास नगरेको बताउदै आएका छन् ।
भिडियो रिपोर्ट



















