अनुदान तल्लो वर्गका किसानलाई पुर्याउँछौ – मन्त्री लामा
असार २७ गते । बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तल्लो वर्गका किसानको हातमै अनुदान पुर्याउने गरि काम भईरहेको वताएका छन् । टाठावाठाले मात्रै अनुदान पाउने गरेको भन्दै कृषि मन्त्री लामाले वास्तविक तथा तल्लो वर्गका किसानकै हातमा अनुदान दिलाएर उत्पादन वृद्धी गर्नु पर्ने वताएका हुन् । रत्ननगर १५ पिठुवामा मौरीपालक किसानलाई सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै मन्त्री लामाले निवेदनको भरमा अनुदान दिने व्यवस्था गर्न लागिएको वताए । तर अनुदान पाउने वास्तविक किसान हुन वा होईन् र अनुदानको प्रभावकारीता बारे अनुगमन भने गरिने मन्त्री लामाले वताए । टाठावाठाले कागजी प्रक्रिया पुरा गरेर अनुदान खाईरहेका छन् मन्त्री लामाले भने –तल्लो वर्गका किसानलाई सहज र सरल रुपमा प्राप्त गर्ने गरि सेवा प्रवाह गर्न कर्मचारीलाई आग्रह गर्दछु । मन्त्री लामाले विपन्न किसानलाई शुन्य व्याजदरमा ऋण प्रवाह गर्न लागिएको समेत वताए । त्यसका लागि बागमती प्रदेश सरकारले आगामी आथिक वर्षका लागि ३ अर्व रुपैया छुट्याएको छ । कार्यविधि वनाएर विपन्नका लागि ऋण प्रवाह गरिने मन्त्री लामाले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ब्लक विकास कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्र मार्फत ५० प्रतिशत अनुदान सहयोगमा हातेमालो मौरीपालन ब्लक अन्र्तगत व्यवसायिक कृषकहरुलाई सामाग्री हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले वताए । ढकालका अनुसार रत्ननगर र कालिका नगरपालिकाका ६६ जना किसानलाई टुनिको १० फ्रेम सहितको खाली घार ,मह राख्ने र्याक,सुपर खाली घार,फिडर,आधार चाका,टोपी,डिजिटल काँटा,मह प्रशोधन मेसिन,मह भण्डार वाल्टीन,मह मदानी लगायत वितरण गरिएको हो । हातेमालो मौरीपालन ब्लकका अध्यक्ष रोशन पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर १५ का वडाध्यक्ष हुमनाथ लामिछाने,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीना,कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगायतले मन्तव्य राखेका थिए ।



















