चितवनमा तत्काल निषेधाज्ञा छैन्,वडास्तरमा अनुगमन संयन्त्र वनाईने
धुर्वराज खनाल , साउन २६ गते । कोरोना संक्रमण भयावहको अवस्था हेरेर मात्रै चितवनमा सटडाउन , लकडाउन वा निषेधाज्ञाको निति लिईने भएको छ । जिल्लामा अहिले कोरोना संक्रमण भयावह छैन् । तर वढ्दो रुपमा रहेको छ । कोरोना भाईरसको संक्रमण हुन नदिन सोमवार जिल्ला प्रशासन कार्यालय स्थानीय तहका प्रमुख वा प्रतिनिधीहरुसंग प्रशासन कार्यालयले छलफल गरेको छ । चितवना प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कोरोना भाईरसको संक्रमण समुदायमा जान सक्ने संभावना देखिएकाले परिक्षणको दायरा वढाउने निर्णय भएको वताए । केही स्थानमा देखिएको संक्रमणले समुदाय जान सक्ने देखिएको छ प्रजिअ भट्टराईले भने – त्यसको नियन्त्रणका लागि स्थानीय तहलाई सक्रिय वनाई परिक्षणको दायरा वढाईने छ । कोरोना जोखिम नियन्त्रणकै लागि मंगलवारदेखी लागू हुने गरि रातको समयमा राती ९ वजेदेखी विहान ५ वजे सम्म सवारी आवागमनका रोक लगाईने प्रजिअ भट्टराईले जानकारी दिए । लामो दुरीका सवारीवाहेक अन्य सवारी सो समयमा संचालन गर्न पाईने छैन् । स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुसंग सोमवार भएको छलफलले संक्रमित देखिएको क्षेत्रमा सिल गर्ने, स्वास्थ्य संस्थामा संभावित विरामीलाई मध्यनजर गर्दै क्षमता अभिवृद्धी गर्ने ,भीडभाड हुन नदिन स्थानीय तहमा अनुगमन संयन्त्र वनाउने,वाहिरी जिल्लाबाट कामदार ल्याउन कडाई गर्ने,ल्याउनु परे स्वास्थ्य परिक्षण गराएर मात्र ल्याउने विषयमा पनि निर्णय भएको प्रजिअ भट्टराईले वताए ।
छलफलले नगरस्तर र वडास्तरमा अनुगमन संयन्त्र वनाउने सहमती भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले वताए । लुकीछिपी अहिले पनि वाह्य जिल्लाबाट आउने क्रम रहेकाले वडास्तरमै अनुगमन संयन्त्र वनाउनु पर्ने निर्णय भएको शर्माले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार तत्कालका लागि लकडाउन,सटडाउन वा निषेधाज्ञा लगाईने छैन् । वैठकमा यि विषयमा छलफल भएपनि अवस्था भयावह नभएकाले तत्काललाई निर्णय नभएको उनले वताए । छलफलमा स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिती रहेको थियो ।



















