रत्ननगर तेक्वान्दो डोजाङको अध्यक्षमा सिलन
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७ | २१:०३:५५
साउन २६ गते । रत्ननगर तेक्वान्दो डोजाङ्गको तदर्थ समिति गठन गरिएको छ । रत्ननगर तेक्वान्दो डोजाङमा खेलेर विभिन्न ठाउँमा डोजाङ संचालन गर्दै आइरहेका सिनियर खेलाडीहरुको सोमवार भएको भेलाले सिलन बरालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा लक्ष्मण परियार, सचिवमा प्रसङ्ग कायस्थ ,कोषाध्यक्षमा नबिना खनिया, सह सचिवमा रोशनी लिम्बू रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्जय तामाङ, शर्मिला तामाङ, कृष्ण बहादुर सिकडान , रोहित तामाङ, अमृत श्रेष्ठ र मनिला तामाङ रहेको तेक्वान्दोका अन्तरास्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिए । त्यस्तै सल्लाहकारहरुमा रबिन्द्र चौधरी , शंकर सिं तामाङ , समाजसेवीहरु हरि अधिकारी , रन्जित ढकाल र तोया खनाल रहेका छन् ।
प्रकाशित मिति : सोमबार, साउन २६, २०७७ |
२१:०३:५५
5655






















