गज्जबको मौका टिक-टक भिडियो बनाउनुहोस् चलचित्रमा अभिनय सहित डेढ लाख जित्नुहोस
चितवन,१८ भदौं
बिश्वभर टिकटक निकै रुचाएको सामाजिक संजाल भएको छ । विश्व भर यसको प्रयोगकर्ता अत्यधिक रहेका छ्न पछिलो समय सामाजिक संजालमा टिककले ठुलो हिस्सा ओगेटेको छ यसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्।
नेपालमा टिकटकले निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन।
त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना हुने भएको छ। यस्तै टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो संगको सहकार्यमा द बिगेस्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको छ जुन प्रतिस्पर्धाबाट मिस्टर एन्ड मिस टिकट्क छनौट गरिने द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।
प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले भाद्र १३ देखि वितरण शुरु भएको अनलाइन फारम भर्नुपर्नेछ ।विश्व भर छरियर बसेका नेपालीहरुले प्रतियोगितामा सहभागी जनौना सक्नेछ्न्स
प्रतिस्पर्धाबाट प्रथम हुनेले C नगद साथै एक चलचित्रसंगै दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् ।
त्यसैगरी दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार नगदसहित एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्ने अष्ट्रेलिया स्थित मेलवर्नमा रहेका आयोजक सुजन खरेलले जनाए ।

























