पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या,चितवन मेडिकल कलेजमा लैजाने तयारी
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७ | २०:५२:०६
चितवन,१० मंसिर ।
पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ ।
चितवनको होटलमा रहेका पूर्वयुवराज शाहको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरुले उपचार सुरु गरेका छन् ।
पहिलेदेखि मुटुमा समस्या रहेका शाहको छातीमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने तयारी भएको छ ।
उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १०, २०७७ |
२०:५२:०६
1299