धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७ | १२:५०:२२
काठमाडौं,१९ माघ ।
धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु एक जना गम्भीर घाइते भएका छन् ।आज बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
प्रकाशित मिति : सोमबार, माघ १९, २०७७ |
१२:५०:२२
4929





















