नेप्से १८ अंकले घट्यो, कारोबार रु ५ अर्ब ७७ करोडभन्दा बढी
प्रकाशित मिति: मंगलबार, बैशाख ०८, २०८३ | १७:३८:३९
चितवन, ०८ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १८.१० अंकले घट्दै २,८०७.१२ विन्दुमा झरेको छ। आज ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम रु ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ पुगेको छ।
कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १.१६ प्रतिशतले बढ्दा अन्य सबै समूहका उपसूचक घटेका छन्।
यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावर लिमिटेडको रु ३७ करोड ७ लाख ३५ हजार ९२१ बराबर भएको छ भने कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै ७ लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०८, २०८३ |
१७:३८:३९
265


























