सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ ११ जना घाइते
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७ | १५:२२:२७
काठमाडाैं, २० माघ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ मा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको बुलुङबाट सदरमुकाम जाँदै गरेको बा३ख २७८९ नम्बरको उक्त बस दुर्घटनामा ११ जना घाइते भएका छन् ।
घाइते हुनेमा ५ पुरुष र ६ महिला गरी जम्मा ११ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २०, २०७७ |
१५:२२:२७
4687





















