खैरहनीमा बसको पछाडी मोटरसाइकल ठक्करखादाँ एकजनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, माघ २९, २०७७ | १६:२२:०९
चितवन , २९ माघ।
पूर्वीचितवनको खैरहनीमा बस र मोटरसाइकल ठक्कर खादाँ एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ स्थित बहेरा चोक नजिक पुर्वबाट पश्चिमतर्फ जादैै गरेको ना ५ ख १७४० नम्बरको बसको पछाडी सोहि दिशाबाट जादैै गरेको ना ५९ प ८९९ नम्बरको मोटरसाइकल गएराति ठक्कर खाएको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक कालिका नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २२ को सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी सवार सोहि स्थान निवासी बर्ष ३१ को सुनिल चौधरी गम्भिर घाइते भएका छन् । उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७ |
१६:२२:०९
4841





















