टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
संखुवासभा ,३० माघ ।
संखुवासभाको मकालु गाउँपालिका– ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। टिपरको ठक्करबाट मकालु– ३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीले जानकारी दिए।
शुक्रबार बिहान साढे ९ बजे खाँदबारी किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेशीमा भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट खड्गकी श्रीमती प्रेम कुमारी राईसमेत गम्भीर घाइते भएकी छन्।
मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन्। मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका –६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिएको संखुवासभा प्रहरीले जनाएको छ।
मृतक राईका श्रीमान श्रीमती दुवैजना गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउदैं गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते प्रेम कुमारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौं लग्ने तयारी भइरहेको राजारानी आधारभूत विद्यालयका शिक्षक हित कार्कीले जानकारी दिए।





















