माछापुच्छ्रे बैंकमा खाता खोलेकै भरमा मृतकको परिवारले पायो १० लाख रुपैयाँ
चितवन , ५ चैत।
माछापुच्छ्रे बैंकमा खाता खोल्दा बैंकले दिएकोे सुविधाको कारण खातावालाको मृत्युहुँदा परिवारले दश लाख रुपैंया पाएका छन् । नापी कार्यालय खैरहनी कार्यरत अर्जुन गुरुङ्गको कार्तिक २६ गते सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।
उनले २०७६ साल असार १६ गते माछापुच्छ्रे बैंकको पर्सा शाखामा खाता खोलेका थिए । स्मार्ट बचत अन्तर्गत शून्य मौज्दातमा खाता खोल्दा समेत बैंकले खातावालालाई विभिन्न आर्कषक सुविधा दिने जनाएको थियो । जस अनुरुप खातावालाको र्दुघटनापरि मृत्यु भएमा दश लाख रुपैयाँ दिने जनाएको थियो । सोहि अनुरुप मृतक अर्जुनको हकवाला उनको आमा पद्मा गुरुङ्गको नाममा बैंकले १० लाखको चेक दिएको छ ।आमाको अनुपस्थितीमा आज मृतकको भाई गणेश गुरुङ्गलाई बैंकको पर्सा शाखामा चेक हस्तान्तरण गरिएको थियो ।
बैंकले आफ्नो ग्राहकहरुलाई गरेको प्रतिबद्धता जुनसुकै हालतमा पुरा गर्ने बैंकका शाखा प्रमुख भानुभक्त अधिकारीले बताए । सो अवसरमा बोल्दै नापी कार्यालय खैरहनीका प्रमुख प्रभु प्रसाद कोइरीले बैंकले एकदमै सरल र सहज रुपमा अर्जुनको परिवारलाई रकम हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे । बैंकहरुमा भिडमा विभिन्न बैंकले विभिन्न नारा दिने गरेतापनि व्यवहारमा भने थोरैले मात्रै काम गर्ने गरेको कोइरीले बताए ।















