किर्ते गरी एक करोड बढी राजश्व हिनामिना गर्ने परियार पुर्पक्षको लागि थुनामा
प्रकाशित मिति: शुक्रबार, चैत्र ०६, २०७७ | १९:२०:११
चितवन , ६ चैत।
मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत रहदाँ किर्ते गर्ने रिठ्ठे परियारलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । मालपोत कार्यालय भरतपुरमा आर्थिक २०७३/७४ र ७४/७५ मा लेखा अधिकृत पदमा रहदाँ भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी ५८ बर्षिय परियारले कार्यालयको राजश्व बैंकमा दाखिला नगरी किर्ते भौचर बनाएको भेटिएको थियो । उनले बैंकको नक्कली भौचर , बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी मालपोत कार्यालयको एक करोड सत्र लाख चौबिस हजार पाँच सय अड्तिस रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ । रकम हिनामिना गरेको आरोपमा उनलाई फागुन १२ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका परियारलाई जिल्ला अदालत चितवनले आज पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०६, २०७७ |
१९:२०:११
4929



















