चितवनमा प्रहरीलाई घुस दिनखोज्ने एकजना पक्राउ
प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७७ | १९:३१:२४
चितवन ,१३ चैत
सुजन पण्डित ।
चितवनमा प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । आज दिउसो पुलचोकमा ना ४ ख ९७०६ नम्बरको बसको सह चालक भिमसेन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । पार्किङ निषेध गरिएको क्षेत्रमा रोकेको बसलाई कारबाही गर्न खोज्दा सह चालक नेपालीले प्रहरी जवान सतेन्द्र कुमार शाहलाई आर्थिक प्रलोभनमा पार्ने खोजेका थिए । नेपालीले शाहलाई एक सय रुपैया घुस दिन लागेपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले समाबेशी खबरलाई जानकारी दिए । पक्राउ परेका नेपालीलाई यातायात व्यवस्था ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७ |
१९:३१:२४
5501



















