चितवनमा म्याजिक दुर्घटनाहुदाँ दुईजनाको मृत्यु ,तिनजना गम्भिर घाइते
प्रकाशित मिति: आइतबार, चैत्र २९, २०७७ | १०:४९:१९
चितवन , २९ चैत।
चितवनमा म्याजिक भ्यान र्दुघटना हुदाँ दुईजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ रामपुर चौकी नजिक आज बिहान म्याजिक दुर्घटना भएको थियो ।
दुर्घटनामा परि कास्की जिल्ला रुपा गाँउपालिका वडा नम्बर १ निवासी ४५ बर्षिय सूर्य खाती र भरतपुर महानगरपालिका वडा नम्बर ४ निवासी ५० बर्षिय राजेन्द्र दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापरि साँत जना घाइते भएका जसमध्य ३ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र २९, २०७७ |
१०:४९:१९
2641