जातिय गालीगलौंच तथा कुटपिट गरेको आरोपमा एकजना पक्राउ
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ | ८:२७:५५
चितवन , १५ जेठ।
चितवनमा जातिय गालीगलौंच तथा कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जातिय आक्षेप लगाउदै गालीगलौच गरेको र कुटपिट गरेको आरोपमा पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ९ का राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध १३ गते ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेकाले कानुनी दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक सुवास भट्टले जानकारी दिए । श्रेष्ठ र उनको परिवार मिलेर गत मंगलबार स्थानिय कल्पना परियार र उनको छोरा अमृत परियारलाई दलित भन्दै गालीगलौचसँगै कुटपिट गरेको जाहेरीमा उल्लेख छ । झगडामा परेर अमृतको हात भाचिएको छ । यता श्रेष्ठले भने जातिय गालीगलौच नगरेको र गाँउमा भएको एउटा विवादमा आफूले अमृतलाई गालामा एक थप्पड मात्रै हानेको दावी गरेका छन् ।
प्रकाशित मिति : शनिबार, जेठ १५, २०७८ |
८:२७:५५
4423



















