पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित
प्रकाशित मिति: बुधबार, मंसिर ०७, २०७९ | १०:५७:१८
वीरगन्ज, ७ मंसिर | पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।
प्रकाशित मिति : बुधबार, मंसिर ०७, २०७९ |
१०:५७:१८
6975



















