एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अमेरिकी राजदूतको भेट
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | १४:२३:०८
काठमाडौं, २१ मंसिर | एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नोपल र थोम्पसनबीच भेटवार्ता भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गरेका थिए । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
१४:२३:०८
2223