प्रधानमन्त्रीद्वारा मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न निर्देशन
प्रकाशित मिति: सोमबार, पौष २५, २०७९ | १२:०८:४४
काठमाडौँ, २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न निर्देशन दिएका छन । प्रधानमन्त्री प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो ।
प्रकाशित मिति : सोमबार, पौष २५, २०७९ |
१२:०८:४४
11133



















