प्रतिनिधिसभा बैठक सर्यो
प्रकाशित मिति: मंगलबार, पौष २६, २०७९ | १२:०१:३९
काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।
प्रकाशित मिति : मंगलबार, पौष २६, २०७९ |
१२:०१:३९
7063




















