संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १२, २०७९ | १७:२५:०४
काठमाडौं, १२ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् । यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १२, २०७९ |
१७:२५:०४
3895