सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने सरकारको तयारी
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १२, २०७९ | १७:५३:४३
काठमाडौं, १२ फागुन । सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुुचारु गर्ने निर्णय गरेको हो । यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्नेछ । सार्वजनिक बिदामा काम गरेका कर्मचारीलाई सट्टा विदा दिनेगरी अत्यावश्यकीय कार्यालय खोल्ने तयारी गरिएको हो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण १२, २०७९ |
१७:५३:४३
2751