नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण
प्रकाशित मिति: सोमबार, फाल्गुण २९, २०७९ | १७:१९:१६
काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । आज काठमाडौँको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ आयोजित समारोह उनले मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् । पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दै छिन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २९, २०७९ |
१७:१९:१६
7283



















