सरकार संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा : प्रधानमन्त्री दाहाल
प्रकाशित मिति: सोमबार, फाल्गुण २९, २०७९ | २०:०३:३१
काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन् ।आज पद्योदय विद्यालयको हीरक जयन्ती कार्यक्रममा सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्या एकमुष्ट रूपमा सम्बोधन गर्न लागिपरेको उनले यस्तो बताएका हुन् ।उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको उल्लेख गरे ।
शैक्षिक पाठ्यक्रमको पुनरवलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान, प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उनले बताए ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २९, २०७९ |
२०:०३:३१
6821



















