एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने
प्रकाशित मिति: बिहिबार, चैत्र ०२, २०७९ | १२:१७:४६
काठमाडौँ, २ चैत । नेकपा एकीकृत समाजवादीले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेका अनुसार अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । उनका अनुसार कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी लागेको र अब एकीकृत समाजवादीले रोजेको मन्त्रालय पाउनुपर्ने बताएका हुन । उनले अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा स्वतः दाबी रहने बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०२, २०७९ |
१२:१७:४६
2971