प्रधानमन्त्री बालकोटको गठबन्धन छाडेर आउनु भयो, विश्वासको मत दिन्छौँ : अध्यक्ष केसी
काठमाडौं , ६ चैत्र । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने भत्काउन काम मात्रै हुँदा गणतन्त्र धरापमा परेको बताएका छन् । उनले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संसदमा सबैभन्दा ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन् ? त्यसले नभएपछि दोस्रो ठूलो पार्र्टीले सरकार बनाउनु पर्ने हो कि होइन् ?,’ उनले भने, ‘पहिलो र दोस्रो पार्टी दुवै सरकार बनाउन तेस्रो पार्टीको रोज्नु पर्ने ?’ यस्तै, उनले प्रधानमन्त्रीले बालकोटको गठबन्धन छाडेर पुरानै गठबन्धनमा आएको भन्दै विश्वासको मत दिने बताए । ‘यसपालि जे भए पनि सम्मानीय प्रधानमन्त्री बालकोटको गठबन्धन छाडेर आउनु भयो, अरु सबैले दिए भनेर होइन यसपालि राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मत दिने भएका छौँ,’ उनले भने, ‘हामीले सबैले समर्थन गरेको बेला एक्लैले अडान लियौँ नि ।’