प्रधानमन्त्री प्रचण्डले पाए १७२ सांसदको समर्थन
प्रकाशित मिति: सोमबार, चैत्र ०६, २०७९ | १८:१३:२७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् । आज संसदमा उपस्थित कूल २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले १७२ मत पाएका हुन् । विपक्षमा ८९ मत परेको छ । यस्तै, तथस्टमा एक मत परेको छ । उनलाई सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टीलगायत दलहरूले विश्वासको मत दिएको हो । यसअघि उनले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भई पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई कूल २७० सांसद उपस्थित हुँदा २६८ सांसदले विश्वासको मत दिएका थिए ।
प्रकाशित मिति : सोमबार, चैत्र ०६, २०७९ |
१८:१३:२७
6139



















