यस कारण महान्यायाधिवक्ताले रवि लामिछानेविरुद्ध मुद्दा चलाएन
काठमाडौँ, ९ चैत । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयको कारण दिएका छन् । उनले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चैत ६ गते राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो । लामिछानेविरुद्ध उजुरी गरेका युवराज सफलले महान्यायाधिवक्ता कार्यालयसँग कारबाही नहुनेको कारण माग गरेका थिए ।
यस क्रममा महान्यायाधिवक्ता पोखरेलले लामिछानेले झुटा विवरण पेश गरेर राहदानी लिएको नदेखिएको र राहदानी प्राप्त गर्ने कार्यमा निजको आपराधिक मनसाय नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको उल्लेख गरेका छन् । रविले नागरिकता ऐन, २०६३ बमोजिमको कसुर तथा तत्कालीन राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेध गरेको सुर गरेको स्थापित हुन सक्ने अवस्था नभएको निर्णयमा उल्लेख छ ।