परिक्षाको समयमा खैरहनी मा वि मा बेबी सावर,प्रअ भन्छन् लज्जित छु
चितवन , १२ चैत । पूर्वी चितवनको खैरहनी मा विमा बेबी सावर गरेको भिडियो सार्वजनिक भएको छ । खैरहनी माविकी एक महिला शिक्षकको बेबी सावर विद्यालय पोशाकमै विद्यालयभित्र गरेको भिडियो बाहिर आएको छ । विद्यालयमा बार्षिक परिक्षाको समयमा बेबी सावरको भएको हो ।
परिक्षामा विद्यार्थीहरुलाई उत्तरपुस्तिका र प्रश्नपत्र वितरण गर्नुपर्ने शिक्षिकाहरु समयमा परिक्षा कोठामा नपुगेपछि विद्यालयका प्रधानाध्यापकले अन्तिम समयमा अन्य शिक्षकहरुलाई परिक्षा कोठामा पठाएको खुलासा भएको छ । परिक्षाको समयमा विद्यालयभित्र विद्यालय पोशाकमै बेबी सावर गरेको भिडियो बाहिरिएपछि विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौलाले आफू लज्जित भएको प्रतिक्रिया दिए । कसैलाई केहि जानकारी नदिई परिक्षाको समयमा विद्यालय भित्र विद्यालय पोशाकमै बेबी सावर गर्नु गलत भएको र आफूले बेबी सावर भएपछि मात्रै थाहा पाएको प्रअ बर्तौलाले बताए ।
खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले शिक्षकहरुले आचारसंहिता उल्लंघन गरेको भन्दै विद्यालयलाई स्पष्टिकरण सोधिएको बताए । विद्यालयमा त्यस्तो गतिविधि गर्न नमिल्ने बानियाँले स्पष्ट पारे । शिक्षकहरुले के गर्न मिल्ने के नमिल्ने आचारसंहितामा स्पष्ट उल्लेख छ,नगर शिक्षा अधिकारी वानियाँले भने – घटनाका विषयमा स्पष्टीकरण सोधेका छौं,जवाफ के आउँछ,सोही अनुसार कारवाही प्रक्रिया अघि वढ्छ।